×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र फुडमान्डुबीच सम्झौता, बैंकका ग्राहकले मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा ३०% छुट पाउने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया बैंक र फुडमान्डुबीच सम्झौता, बैंकका ग्राहकले मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा ३०% छुट पाउने !

Artha Sarokar

२२ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंक र फुडमान्डुबीच छुट सम्बन्धी सम्झौता भएको छ । अब एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाट खानेकुरा अर्डर गर्दा ३०% छुट पाउने भएका छन् । बैंकका ग्राहक फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा बैंककाे मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा साे मात्राकाे छुट पाउने भएका हुन् ।
फुडमान्डु प्रा. लि.को ‘अनलाइन फुड फेस्टिभल २०२०’ मा बैंकिङ्ग साझेदार भएसँगै एनआईसी एशिया बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो सम्बन्धि दुई कम्पनीबीच सोमबार सम्झौता भएको हो ।
उक्त सम्झौता अन्तर्गत ‘अनलाइन फुड फेस्टिभल २०२०’ मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यिुआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउने छन् । यो अफर पुस २१ गतेदेखि पुस २७ गतेसम्म लागू हुनेछ ।
हाल बैंकले ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी