चितवन – एनएमबी बैंकले विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ३ मा रहेको श्री आधारभूत विद्यालय (१–८) बेल्सिीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरिएको हो ।
बैंकको नारायणगढ शाखाले बिहीबार विद्यालय प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा बैंकका प्रदेश नं. ३ का म्यानेजर दुर्गाराम पुरी, नारायणगढ शाखा प्रमुख विष्णु पौडेल, प्रमुख अतिथि रत्ननगर नगर शिक्षा अधिकारी बद्रीनारायण शर्मालगायतले विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेका थिए। सो अवसरमा विद्यालयमा रहेका १४२ विद्यार्थीलाई एक÷एक थान झोला र स्वेटर वितरण गरिएको थियो ।
बैंकले दलित, आदिवासी र न्यून आय भएका विद्यार्थीहरु अध्ययन गर्ने उक्त विद्यालयको छनोट गरी सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा उपस्थित अधिकांश विद्यार्थीहरु एकसरो सर्ट (कमिज) मा उपस्थित थिए । पुसको जाडोमा पनि विद्यार्थीहरुको पहिरनले उनीहरुको आर्थिक अवस्था झल्काईरहेको थियो ।
विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्मा, नगरपालिकाका सामाजिक विकास समिति संयोजक केशव आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष गुप्तनाथ भट्टराईलगायतले बाेलेका थिए भने उनीहरुले बैंकले गरेको सामाजिक कार्यको सह्राना गरे ।
बैंकका प्रदेश म्यानेजर पुरीले देशभरका १६३ शाखाबाट बैंकले सेवा दिईरहेको बताउँदै चितवनमा मात्रै सात वटा शाखाबाट सेवा दिएको जानकारी दिए । बैंकको नारायणगढ शाखाले यस अघि भरतपुर २ आपटारीको भूमिहिन वस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्