×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठनसंस्कृतिलाई जीवनशैलीमा बदल्न किताब जात्रा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पठनसंस्कृतिलाई जीवनशैलीमा बदल्न किताब जात्रा

१ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – पठन संस्कृतिको बृहत्तर विकासको उद्देश्य राखी १८ माघमा ‘किताब जात्रा २०२०’ हुने भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा हुने एक दिने जात्रा किताब यात्रा फाउन्डेसनको आयोजना र अनलाइनमार्फत घरमै किताब पु¥याइरहेको किताब यात्रा प्रा.लि.को सह–आयोजनामा हुन लागेको हो । 
पठन संस्कृतिलाई जीवनशैलीमा बदल्ने अभियान चलाउन फाउन्डेसनको स्थापना भएकाले त्यसैअनुरुप किताबलक्षित महोत्सव आयोजना गरिएको अध्यक्ष ऋषिराम अधिकारीले बताए । ‘राज्यको समूल संस्कृतिमा पठन संस्कृतिले ठूलो प्रभाव पार्छ । त्यसलाई मध्यनजर गरेर पठनलाई जीवन–व्यवहारमा जोड्ने अनेकन अभियान गर्दैछौँ,’ उनले भने, ‘किताब जात्रा त्यसमध्येको अभियान हो । जसले पठन संस्कृतिको सैद्धान्तिक विमर्शमात्र गर्दैन, त्यसलाई व्यवहारसँग जोड्दै जीवनमा त्यसको महत्व स्थापित गर्न सघाउ पुर्याउँछ ।’
जात्रामा पठन संस्कृतिका विविध आयाममाथि तीन सत्रमा बहस हुने उनले जानकारी दिए । जसमा साहित्य, कला, उद्यम, राजनीतिलगायत क्षेत्रमा पठनले कसरी प्रभाव पार्छ भन्ने सन्दर्भमा सम्बन्धित क्षेत्रमा व्यक्तित्व सहभागी हुँदैछन् । जात्राका संयोजकसमेत रहेका अधिकारीले भने, ‘समाजमा अझै शैक्षिक योग्यता मापनका लागि वा साहित्यिक लेखनको उर्जाका लागि मात्रै पठन आवश्यक छ भन्ने मान्यता पाइन्छ । तर हरेक क्षेत्रमा पठनले गहिरो प्रभाव पार्छ । त्यो प्रभाव कस्तो हुन्छ भन्ने अनुभूति बहसमा सहभागी हुने विविध क्षेत्रका व्यक्तित्वबाट सुन्नेछौं । जसले पठन संस्कृतिको प्रचलित आयामलाई बदल्नेछ भन्ने विश्वास हाम्रो छ ।’
बहसमा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’, लेखक तथा पत्रकार नारायण वाग्ले, सुधीर शर्मा, आख्यानकार नयनराज पाण्डे, बैंकर अनिल केशरी शाह, अशोक शेरचन, कलाकार दयाहाङ्ग राई, कवि मनु मन्जिल, सरस्वती प्रतिक्षा, पत्रकार टिकाराम यात्रीलगायत विविध क्षेत्रका व्यक्तित्व वक्ताका रूपमा सहभागी उनले बताए । 
किताब जात्रामा समाज तथा शिक्षासेवी प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापित ‘प्रेम साहित्य सम्मान’ पहिलो पटक प्रदान गरिँदैछ । नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याइरहेका व्यक्तित्वलाई हरेक बर्ष सम्मान प्रदान गरिने संरक्षक बालकुमारी अधिकारीले बताइन् । जात्रामा यस बर्ष किताब यात्रा डटकमबाट सबैभन्दा बढी बिक्रि भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’समेत प्रदान गरिनेछ । 
जात्राको काव्य शिविर सत्रमा गजलकार बाबु त्रिपाठी, कवि नवराज पराजुलीलगायतको प्रस्तुति रहने फाउन्डेसनले जानकारी दिएको छ ।
साहित्यकार, लेखक, कलाकार, प्रकाशनगृहका प्रतिनिधि, कर्पोरेट क्षेत्रका व्यक्तित्व, उद्यमी, राजनीतिकर्मी, विद्यार्थीलगायतको उपस्थितिको अपेक्षा गरिएको जात्रामा पाँच हजारभन्दा बढीको सहभागिता हुने आयोजकको अनुमान छ । निःशुल्क सहभागी हुन सकिने जात्रामा किताबजात्रा डटकममार्फत अग्रिम दर्ता गरेर प्रवेश कार्ड प्राप्त गर्न सकिनेछ । सोही दिन उपस्थित भएर कार्यक्रमस्थलमै पनि प्रवेश कार्ड प्राप्त गर्न सकिने संयोजक अधिकारीले बताए । 
जात्रामा नेपाली र विदेशी गरी सयभन्दा बढी प्रकाशनका किताब विशेष छुटसहित उपलब्ध हुनेछ । सामान्यतः बजारमा नपाइने र विशेष खोजी भइरहेका किताब प्रदर्शनीमा उपलब्ध गराउने तयारी भइरहेको किताब यात्रा प्रा.लि.का निर्देशक कृपेश किशोर घिमिरेले बताए । उनले भने, ‘जात्रामा किताब त उपलब्ध हुने नै भए, त्यससँग सम्बन्धित विविध रोचक क्रियाकलाप हेर्न र त्यसमा सहभागी हुन पाइनेछ । जसका लागि कला प्रदर्शनी, किताब क्विज, फेस पेन्टिङ, लाइभ प्रिन्टिङ, साहित्यिक उपहारहरू निर्माणलगायतका क्रियाकलाप समावेश गर्दैछौं ।’
उनका अनुसार जात्रामा नेपाली स्टार्टअपहरूलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने उद्देश्यका साथ स्टलहरूसमेत रहनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: