Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सिराहामा, प्रमुख जिल्ला अधिकृत अधिकारीद्वारा उद्घाटन

अर्थ सरोकार

काठमाडौं – प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सिराहा नगरपालिकास्थित प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन सिराहाका प्रमुख जिल्ला अधिकृत गोपाल कुमार अधिकारीले गरेका हुन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नाे सेवा विस्तार गरेकाे हाे।
यस बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।
प्रभु बैंकले २ सय २ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK