×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको नयाँ शाखा रुपन्देहीको धकधइमा, शाखा सञ्जाल २०५ पुग्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

प्रभु बैंकको नयाँ शाखा रुपन्देहीको धकधइमा, शाखा सञ्जाल २०५ पुग्यो

Artha Sarokar

१४ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुपन्देही – प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं.३ स्थित धकधइमा आफ्नो २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धकधइ शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका छन् । 
बैंकको धकधइमा शाखा कार्यालयको उद्घाटन गर्दै यादवज्यूले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको बताए ।
बैंकको धकधइ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायीक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धकधइ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकको विश्वास छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी