
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबार बोनस सेयरमा मूल्य समायोजन हुनेमा ज्योति विकास बैंक, सिन्धु विकास बैंक, समिट लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था रहेको छ ।
ज्योति विकास बैंकको १२.७५% बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि सेयर कारोबारको मूल्य १४९ रुपैयाँ ८९ पैसा तोकेको छ । त्यस्तै, सिन्धु विकास बैंकको ११.५१% बोनस सेयरपछिको भाउ ११८ रुपैयाँ ३७ पैसामा आएको छ ।
यता, समिट लघुवित्तको २१.१०% बोनसमा मूल्य समायोजनपछि नेप्सेले ५४०.९० रुपैयाँ निर्धारण गरेको छ । यस्तै, नेपाल लघुवित्त वित्तीय संस्थाको २.५०% बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । समायोजनपछिको सेयर मूल्य ४८७.८० रुपैयाँ तोकिएको छ । यिनै मूल्यलाई आधार मानेर बुधबार चार वटै कम्पनीको सेयर कारोबार खुल्ला हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्