×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला बैंकको ‘सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना’ सार्वजनिक, यस्ता छन् सुविधाहरु

LAXMI SUNRISE BANK

सांग्रिला बैंकको ‘सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना’ सार्वजनिक, यस्ता छन् सुविधाहरु

१६ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना’ सार्वजनिक गरेको छ । यो योजना ‘केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष’ अन्तर्गत न्यूनतम मौज्दात पाँच हजार रुपैयाँबाट शुरु गर्न सकिनेछ ।
यस मुद्दती योजना अन्तर्गत ग्राहकले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा सुविधा पाउने छन् । साथै, दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा पाइने बैंकले जनाएकाे छ । यो योजना अन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।
बैंकले हाल ९१ शाखा कार्यालयहरु र २६ एटीएम मार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ । साथै, बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी