×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकले काठमाडौंसहित १० स्थानमा सम्पन्न गर्यो रक्तदान कार्यक्रम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ बैंकले काठमाडौंसहित १० स्थानमा सम्पन्न गर्यो रक्तदान कार्यक्रम

Artha Sarokar

१८ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंकले नेपालका विभिन्न १० स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा पुस ११ गतेदेखि पुस १६ गतेसम्म उक्त ठाउँहरुमा रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।
बैंकले विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटाैंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगाएत अधिकांश कर्मचारी, ग्राहकवर्ग तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा ४ सय ९८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । यस कार्यक्रमबाट देशमा विद्यमान रक्त अभावलाई केहि हदसम्म भए पनि सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल १७८ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी