×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ‘सीएसआर’: ‘टिच फर नेपाल’लार्ई ५ लाख आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंकको ‘सीएसआर’: ‘टिच फर नेपाल’लार्ई ५ लाख आर्थिक सहयोग

७ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सिद्धार्थ बैंकले टिच फर नेपाललाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक स्वस्तिका श्रेष्ठलाई सो सहयोग रकम दिएका हुन् ।
बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामिण जिल्लाका सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान कार्यका लागि उपयोग गर्ने छ ।
यस अभियान अन्तर्गत संस्थाले देशका विभिन्न ग्रामिण जिल्लाको सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षका लागि स्वयंमसेवी शिक्षक मार्फत गणित, विज्ञान र अंग्रेजी विषयमा अध्यापन गराउने छ यसबाट ग्रामिण जिल्लामा रहेका बालबालिकाहरुले गुणस्तरीय शिक्षाको अवसर पाउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: