×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी

१६ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सल्यानमा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । पुस १३ गते सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको हो ।
बीमित स्व. केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क ४८ हजार ७ सय ६४ रुपैयाँ भुक्तानी गरी ५ लाख बीमाङ्कको जीवन बीमा गरेका थिए । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले स्व. बीमितको श्रीमती तीला वस्नेतलाई ५ लाख १७ हजार ५ सयको चेक हस्तान्तरण गरेका छन् ।
गोरख बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कम्पनीका महाप्रबन्धक कमलराज गौतम थिए भने कार्यक्रम सञ्चालन दाङ शाखा प्रबन्धक मोतिलाल भट्टराईले गरेका हुन् । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: