×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको नयाँ शाखा दोधारा चाँदनीमा, शाखा सञ्जाल १३० पुग्यो

GLOBAL IME BANK

सनराइज बैंकको नयाँ शाखा दोधारा चाँदनीमा, शाखा सञ्जाल १३० पुग्यो

२२ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुरकाठमाडौँ – सनराइज बैंकको १३० औं शाखा दोधारा चाँदनीमा सञ्चालक गरेको छ । बैंकले सम्पूर्ण नेपालीहरुलाई बैंकिङ्ग पहुचमा समाबेश गरी उत्कृष्ट बैंकिङ्ग सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने क्रममा पौष २१ गते सुदुरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला स्थित दोधारा चाँदनीमा शाखा विस्तार गरेको हो । सोमबार आयोजित उद्घाटन समारोहमा महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले उद्घाटन गर्नु भएको थियो । 
सोही कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि यस क्षेत्रमा बैंकले थप लगानी गर्दै जाने जानकारी दिनु भयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: