×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको मृगौलियामा, चोेैधरी र गछधारद्वारा उद्घाटन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको मृगौलियामा, चोेैधरी र गछधारद्वारा उद्घाटन !

Artha Sarokar

१३ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मोरङ्ग

काठमाडौं – सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको मृगौलियामा ४७ औं शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको छ । सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का वडा अध्यक्ष दोरी लाल चोेैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य राम लाल गछधारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 
उक्त बैंकिङ्ग सेवाका प्रतिनिधि देव नारायण चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ्ग सेवा संचालन भएको हो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ । 
हालसम्म सन््राइज बैंकले १३० वटा शाखा, ४७ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी