×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिप्रदी ट्रेडिङ्गद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

PRIME CA
GLOBAL IME BANK

सिप्रदी ट्रेडिङ्गद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

७ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गद्वारा दशैं वम्पर लक्की ड्रको उपहार घोषणा गरेको छ ।
टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना गरेको उक्त लक्की ड्रको यहि माघ ३ गते काठमाडौंको हायात होटलमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सहित उपहार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो । 
बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र को कार्यक्रम पौष २१ गते आयोजना गरिएको थियोे । देशैभरबाट कुल १७३२ जना ग्राहकहरुले उक्त लक्की ड्र मा सहभागिता जनाउनु भएको थियो, जस मध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरे । 
कुल विजेता मध्ये १३ जना ग्राहकहरुले एल.जी को ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एल.जी को ८ के.जी क्षमताको वासिङ मेसिन, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टी.भी. र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: