×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विक्ली एग्रीमेन्ट रिपोर्ट : पुसको चौथौ साता कुन बैंकले कुन संस्थासँग कस्तो सम्झौता गरे ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विक्ली एग्रीमेन्ट रिपोर्ट : पुसको चौथौ साता कुन बैंकले कुन संस्थासँग कस्तो सम्झौता गरे ? (विवरणसहित)

२५ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं – यो साता पनि विभिन्न बैंकहरुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्नका लागि विभिन्न संस्थासँग विभिन्नखाले सम्झौता गरेको छन्  । हेर्नुहोस् यो साता कुन बैंकले, कुन संस्थासंग, के प्रयोजनका लागि, कस्तो सम्झौता गरे :

सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौंस्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको हो । सम्झौता अनुसार बैंैकका ग्राहकहरुले होटल डेल अन्नपुर्णका साथै सो होटल अन्र्तगत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५५ सम्मको छुट पाउनेछन् ।

एनआईबिएल सहभागिता फण्डको इकाईहरुको खरिद बिक्रीलाई सहजीकरण गर्नका लागि गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र मुक्तिनाथ बिकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरेका हुन् ।
गुडविल फाइनान्स तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट यहि माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् ।
यस अघि सो योजनाका इकाईहरुको कारोबार नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट असोज २७ गतेदेखि हुदैं आइरहेको छ ।

सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् ।
यसम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउने छन् ।

एनआईसी एशिया बैंक र फुडमान्डुबीच छुट सम्बन्धी सम्झौता भएको छ । अब एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाट खानेकुरा अर्डर गर्दा ३०% छुट पाउने भएका छन् । बैंकका ग्राहक फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा बैंककाे मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा साे मात्राकाे छुट पाउने भएका हुन् ।
फुडमान्डु प्रा. लि.को ‘अनलाइन फुड फेस्टिभल २०२०’ मा बैंकिङ्ग साझेदार भएसँगै एनआईसी एशिया बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो सम्बन्धि दुई कम्पनीबीच सोमबार सम्झौता भएको हो ।
उक्त सम्झौता अन्तर्गत ‘अनलाइन फुड फेस्टिभल २०२०’ मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यिुआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउने छन् । यो अफर पुस २१ गतेदेखि पुस २७ गतेसम्म लागू हुनेछ ।

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।

नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ ।
नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले समझदारीपत्रमा हस्तारक्षर गरेका हुन् ।
यो सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएकाे छ ।

एभरेष्ट बैंकले एनआरएन बचत खातामा विशेष सुविधा दिने भएको छ । बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा पुर्याउने उद्देश्यले बैंकले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ ।
बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तीय सेवा तथा सुविधा प्रदान गर्ने घरयासी नाम बन्नका लागि एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको हो । एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा एमओयूमा हस्ताक्षर भएको छ ।
बैंकले एनआरएन बचत खातामा निःशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिंग, ई-स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: