काठमाडौँ – बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको अधिकांश सूचकमा सामान्य सुधार भएको देखिन्छ। यो दोस्रो त्रैमाससम्ममा बैंकले खुद नाफा १९.८३%ले बढोत्तरी गरी ८८ करोड ३८ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ७३ करोड ७५ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ६ महिना अवधिसम्ममा बैंकको वितरण योग्य नाफा ५९ करोड ८२ लाख रुपैयाँ रहेको छ
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा बढेको कारणले गर्दा खुद नाफा पनि बढेको हो । यो पुसमसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमश: ९.२५% र २०.३२% ले बढेको छ । बैंकले एक अर्ब ९३ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यता, सञ्चालन नाफा पनि २१ करोड २८ लाख रुपैयाँ बढेर एक अर्ब २६ करोड १५ लाख रुपैयाँ पुगेको छ।
बैंकको निक्षेप संकलन तथा कर्जा लगानीमा सामान्य वृद्धि भएको छ। बैंकले ८९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७६ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। हाल चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड २७ लाख रुपैयाँ सञ्चित रहेको छ।
यस अवधिमा बैंकको खराब कर्जा १.५४%, आधार दर ९.९९%, स्प्रेड दर ५.०३% र कोषको लागत ७.३६% रहेको छ । २० रुपैयाँ ६८ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ८५ पैसा रहेको विवरणमा उल्लेख छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्