×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकद्वारा डोल्पाको मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई पचास हजार रुपैयाँ आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकद्वारा डोल्पाको मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई पचास हजार रुपैयाँ आर्थिक सहयोग

Artha Sarokar

९ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिटिजन्स बैंक लिमिटेडले डोल्पा जिल्लाको दुनै अवस्थित श्री मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले एक कार्यक्रमकाबीच श्री मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई पचास हजार रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो । 
यस समितिले १२ जना छात्र र ८ जना छात्रा गरी कुल २० जना अपाङ्ग छात्रछात्राहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुलाई ओढ्ने तथा ओछयाउने लुगाहरुको खरिद गर्ने कुरा समितिले जनाएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने विश्वास बैंकले व्यक्त गरेको छ । 
यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका अपाङ्ग बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा समितिले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी