काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार आएको छ । यो दोस्रो त्रैमाससम्ममा बैंकले खुद नाफा ६५ करोड २ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा २५.४९%ले धेरै हो । गत वर्षको यसै अवधिसम्ममा बैंकले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा भने ४२ करोड ३० लाख रुपैयाँ रहेको छ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १४.०७% र २५.६७% ले बढेको छ । पुस मसान्तसम्ममा १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले ९१ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको गर्दा खुद नाफा पनि बढेको देखिन्छ ।
दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ६१ अर्ब २४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५९ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३८ करोड १ लाख रुपैयाँ सञ्चय गरेको छ।
बैंकको कोषको लागत ७.८६%, आधार दर १०.३५% र स्प्रेड दर ४.७६% रहेको छ भने मूल्य आम्दानी अनुपात ११.५२ गुणा रहेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा कायम भएको छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्