×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ६.७५% लाभांश दिँदै, बोनस र नगद कति ?

PRIME CA

सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ६.७५% लाभांश दिँदै, बोनस र नगद कति ?

अर्थ सरोकार

२४ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयरधनीलाई ६.७५% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति ३०३औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २% बोनस र कर प्रयोजन समेत गरी ४.७५% नगद लाभांश दिने निर्णय गरेको छ ।
सेञ्चुरी ले १६ करोड ८३ लाख ९ हजार ४२३ रुपैयाँ बराबरको बोनस सेयर र ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ । बोनस पश्चात पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार पुग्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: