
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामि नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । अनौपचारिक रुपमा यस अघि नै उम्मेदवारी घोषणा गर्नुभएका ढकालले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी आगामी चैतमा हुन लागेको महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । उनले आफ्नो उम्मेदवारी देशमा औद्योगीक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक हकहित र अधिकारका लागि सरकारसँग लविङ गर्न भएको दावी गरेका छन् । यसो त ढकाललाई सर्वसम्मत बनाउनका लागि पनि कुटनीतिक प्रयास भइरहेकोसमेत स्रोतको दावी छ।