×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई नेपाल सरकारको सीआईपी सम्मान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई नेपाल सरकारको सीआईपी सम्मान

Artha Sarokar

१ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” (Commercially Important Person-CIP)सम्मानबाट विभूषित हुनुभएको छ । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो ।
नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले यस बैंकका सञ्चालक रामचन्द्र संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गर्नु भएको थियो । उहाँ अध्यक्ष रहनुभएको श्री त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट वहाँलाई नेपाल सरकारले विभुषित गरेको हो । 
यस बैंकका सञ्चालक संघईसम्मानित हुनुभएको यस शुखद् अवसरमा समस्त बैंक परिवार उहाँलाई हार्दिक बधाइ ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा यस्तै कामका लागि वहाँलाई थप प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछ । यस बैंक नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छ ।
साथै, यस प्रकारको सम्मान बाट विभुषित हुनुहुने “महत्वपूर्ण व्यावसायिक व्यक्ति” हरुले नेपाल सरकारको तर्फबाट विभिन्न सुबिधाहरुका साथै विमानस्थलमा भिआईपी कक्षको सुविधा, उद्योग वाणिज्यसँग सम्बन्धित सबै समारोहहरुमा प्राथमिकताकासाथ आमन्त्रण र आसनग्रहणको व्यवस्था लगायत विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीहरुमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउने व्यवस्थाले सम्मानित व्यक्तित्वहरुमा थप सकारात्मक उर्जा प्रदान हुनेभई देशले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास बैंकले लिएको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी