Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकले विज्ञप्ति निकाल्दै भन्यो, ‘ललित निवासको कुनै पनि जग्गा हाम्रोमा धितो छैन’

अर्थ सरोकार

काठमाडौं – बालुवाटारस्थित बिवादित ललिता निवास जग्गा धितोमा राखेर आफूले कर्जा लगानी नगरेको सिटिजन्स बैंकले जनाएको छ । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै सिटिजन्स बैंकले बिवादित जग्गा धितोमा राखेर कर्जा लगानी नगरिएको बताएको हो ।
‘बालुवाटार जग्गा प्रकरणमा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाम जोडेर केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण भएको छ’ बैंकले जारी विज्ञप्तीमा भनेको छ, ‘यस बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको व्यहोरा जानकारी गराईन्छ ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK