×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकको शाखा जोरपाटीमा, सञ्चालक समितिका सदस्य हमालद्वारा उद्घाटन !

GLOBAL IME BANK
SHREE KESH

देवः विकास बैंकको शाखा जोरपाटीमा, सञ्चालक समितिका सदस्य हमालद्वारा उद्घाटन !

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – देवः विकास बैंकले गोकर्णेश्वर नगरपालिका ६ स्थित जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भरत बहादुर हमालले गरेका हुन् ।
कार्यक्रममा संचालक हमालले गुणस्तरिय सेवा विस्तारमा जोड दिदै यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार भएको सन्तुष्ट व्यक्त गरे । यस बैंकका संचालक विजय राज शर्मा भुषाल, महानगरिय प्रहरी बृत, बौद्धका प्रहरी नायब उपरीक्षक रेशम बहादुर सिंहले पनि मन्तव्य राखेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिशनमा जान लागेको जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: