काठमाडौं – एभरेष्ट बैंकले महिला उद्यमीलाई सहुलियत कर्जा दिने भएको छ । बैंकले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सजिलै कर्जा दिने भएको हो ।
उक्त कर्जा दिन बैंकले हेफर इन्टरनेशनल नेपालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोेले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तीय पहुँच पुर्याउनका लागि संयुक्त प्रयास गर्नेछ । यस साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ ।
एभरेष्ट बैंकले आफ्नो पहुँच र शाखाहरुको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारीहरु यससंग सम्बद्ध महिला उद्यमीहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउनेछ भने हेफरले सहकारीहरुसंग संयुक्त रुपमा साना तथा मझ्यौला महिला उद्यमीहरुको पहिचान गर्दै उनीहरुलाई बैंकसंग जोड्ने छ ।
हाल बैंकको कूल ९५ शाखा, १२२ एटीएम र ३० रकम संकलन केन्द्र रहेका छन् । यसैगरी हेफर इन्टरनेशनल नेपालले हालसम्म ४१ जिल्लामा २५४,००० गरिब तथा पिछडीएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ । हेफेरले महिला सहकारीहरुमा वित्तीय पहुँच पुर्याउने काम पनि गर्दै आएको छ । यसैगरी विगत ७५ वर्षदेखि हेफरइन्टर नेशनलले १२५ देशहरुमा सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्