काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा घुम्ती बीमा सेवा संचालन गरेको छ । ठाकुरवावा मन्दिर परिसर बर्दियाबाट शुरु गरिएको उक्त कार्यक्रम घरदैलोबाटै बीमा सेवा प्रदान गर्ने उद्देश्यले शुभारम्भ गरिएको हो ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रमा भट्टराईले ग्राहकको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिए ।
घुम्ती बीमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरी व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गरेका छन् ।
उक्त समारोहमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बीमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडि बढाइएको जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्