काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबारको कारोबारमा २२ लाख ९१ हजार २२७.५ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
हिमालयन डिष्टिलरीको १९ लाख २८ हजार २२७.५० कित्ता र लक्ष्मी लघुवित्तको ३ लाख ६३ हजार कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीले गत वर्षको नाफाबाट ५०% र लक्ष्मी लघुवित्तले १५% बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।