×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंक र खल्तीबीच सम्झौता, बैंकका ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्ने

LAXMI SUNRISE BANK

ग्लोबल आईएमई बैंक र खल्तीबीच सम्झौता, बैंकका ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्ने

९ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटलेबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौत भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमईका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदी र खल्तीका डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
उक्त सम्झौताको बारेमा खल्तीका डाइरेक्टर अमित अग्रवालले ग्लोबल आईएमई बैंकसँगको यो सम्झौताले ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट नहुने र बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्ने बताए ।
त्यसैगरी, ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीेले प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेको र जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्ने बताएका छन् ।

ग्लोबल आईएमई बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २४९ वटा शाखारहित बैंकिङ, चार सय ३० एटीएम, एवं ३७ वटा एक्सटेन्सन काउण्टर मार्फत बैंकिङ सेवा प्रदान प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी