
यस्तै, बैंकको खुद ब्याज आम्दानी ५७.९०%ले बढोत्तरी गरी ७३ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ६ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यता, सञ्चालन नाफा पनि ६४.८४%ले बढेको छ । सञ्चालन नाफा २४ करोड ४५ लाखबाट वृद्धि भएर ४० करोड १३ लाख पुगेको छ ।
समिक्षा अवधीसम्म बैंकले २९ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ४९ करोड रहेको छ भने जगेडा कोषमा ५५ करोड ५४ लाख रुपैयाँ छ ।
सार्वजनिक भएको विवरणमा बैंकको खराब कर्जा ०.५९%बाट बढेर ०.८०% पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०७ पैसा (वार्षिक) रहेको ज्योतिको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३९ पैसा रहेको छ ।