काठमाडौं – ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले व्यवसायिक सद्भावनादुत(ब्राण्ड एम्बेसडर)मा पुनः नेपालका महानायकका रुपमा परिचित राजेश हमाल नियुक्त भएका छन् । कम्पनीले बिहीबार मात्रै महानायक हमाललाई आगामी दुई २ वर्षको लागि पुनः नियुक्त गर्ने सम्झौता गरेको हो ।
उक्त कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप-प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली चलचित्र क्षेत्रका महानायक तथा देशकै गौरवशाली व्यक्तित्व राजेश हमाललाई कम्पनीमा पुनःआवद्ध गराउन पाउनु कम्पनीको हकमा लाभदायी रहने र कम्पनीको व्यवसाय प्रबर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा राजेश हमालको सहभागिता रहने भएकोले नेपाली बीमा क्षेत्रकै प्रबद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ ।
छोटो समयमा नै कम्पनीको बीमा शुल्क आर्जन, प्रविधिक विकास र खुद नाफामा उल्लेख्य प्रगति देख्दा आफुले व्यवसायिक सद्भावनादुतमा पुनः आवद्ध हुन पाउनु आफैलाई पनि खुसी लागेको राजेश हमालले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्