
काठमाडौं – माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ करोड १८ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५.१७% ले धेरै हो । बैंकले गत वर्ष यसैअवधिमा ७८ करोड १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिसम्म आउदा निक्षेप संकलन र ऋण विस्तारमा आक्रामक देखिएको छ। पुस मसान्तसम्ममा निक्षेप संकलन १४.४९% र कर्जा लगानी १७.२७% ले बढाउन सफल भएको छ । बैंकले ९७ अर्ब ५२ करोड निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड रूपैयाँ कर्जा लगानी गरेको हो ।
त्यसैगरी पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ६० करोड ६३ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । साथै बैंकको खुद ब्याज आम्दानी १७.१०% र सञ्चालन नाफा पनि ८.०७% ले बढेको छ । खराब कर्जा ०.०१% ले बढेर ०.४५% मा आएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्