×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता

Artha Sarokar

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – महालक्ष्मी विकास बैंकले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्यसहित महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । 
ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको हो । 
बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएका छन् । आगामी दिनहरुमा समेत कर्जाको किस्ता/ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी