Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी लाईफ इन्स्योरेन्सका कर्मचारी र ग्राहकले टेस्ला डाइग्नोष्टिक क्लिनिकमा विशेष छुट पाउने

अर्थ सरोकार

काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिक क्लिनिकबीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त पत्रमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशत सम्म छुट पाउने भएका छन्। यस सम्झौताबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK