Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकले गर्यो प्रगति, खुद नाफा ३० प्रतिशतले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

अर्थ सरोकार

काठमाडौँ – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मेगा बैंक नेपालले ९५ करोड २ लाख रुपैँया खुद नाफा कमाएको रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको तुलनामा ३०%ले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७३ करोड २० लाख रुपैँया खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षकै पहिलो त्रैमासम्ममा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गरेको हो।
पुस मसान्तसम्ममा बैंकले ८४ अर्ब ६३ करोड रुपैँया निक्षेप संकलन गरी ७८ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतभन्दा बढी बढेको छ भने कर्जा तथा सापटी १८ प्रतिशतभन्दा बढी बढेको छ।
मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK