काठमाडौँ – नबिल बैंकले आर्थिक वर्ष २०७६/८७७ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले खुद नाफा २ अर्ब ४ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ। यो नाफा गत वर्षको तुलनामा ६.२०% ले घटेको हो । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.४२%ले घटेर ३ अर्ब ४५ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकको खुद नाफा ३ अर्व ६१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको थियो । यता, सञ्चालन नाफा ३ अर्व ८ करोड ३६ लाख रुपैयाँबाट घटेर २ अर्व ९० करोड ९३ लाख रुपैयाँमा खुम्चिएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो।
यो पुस मसान्तसम्ममा बैंकले १ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४१ अर्ब ३९ करोड कर्जा परिचालन गरेको छ । १० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ६७ करोड ६ लाख रुपैयाँ सञ्चित छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ रुपैयाँ २८ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ रुपैयाँ ९६ पैसा घटेर ४५ रुपैयाँ ३२ पैसामा झरेको छ। खुद नाफा घटेका कारण बैंकको प्रतिशेयर आम्दानी घट्न पुगेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्