
काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा गत वर्षको तुलनामा १ करोड ६४ लाख रुपैयाँले धेरै हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले जगेडा कोषमा २ अर्ब ५८ करोड २२ लाख रुपैयाँ जम्मा गरेको छ । एनसीसीले ६३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ६४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार भएको छ । जसकारण बैंकको खुद नाफा सामान्य बढेको हो । पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० करोड बढी हो।
त्यसैगरी बैंकको सञ्चालन नाफा पनि २ करोड ८१ लाख रुपैयाँ बढेर १ अर्ब ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ। ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी ४१ पैसा बढेर १८ रुपैयाँ ६० पैसा कायम भएको छ।
बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेको छ भने निष्क्रिय कर्जा २.८२ प्रतिशत रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्