×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो…

PRIME CA

ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो…

अर्थ सरोकार

२१ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढाएको हो। 
निगमले भाउ बढाएसंगै प्रतिसिलिन्डर १ हजार ३७५ रुपैयाँ पुगेको छ । यस्तै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य भने प्रतिलिटर १ रुपैयाँका दरले घटाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०९, डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर ९९ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धनको मूल्य भने निगमले यथावत नै राखेको छ । निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतका अनुसार पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको हो । 
निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: