×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३४औं वार्षिकोत्सवको अवसरमा नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो दुई नयाँ योजना, कार्डको कारोबारमा ३४% नगद फिर्ता पाइने

GLOBAL IME BANK

३४औं वार्षिकोत्सवको अवसरमा नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो दुई नयाँ योजना, कार्डको कारोबारमा ३४% नगद फिर्ता पाइने

१५ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले दुई योजनाहरू पनि शुरू गरेको छ । बैंकले बुधबार मनाएको आफ्नो ३४ औं वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटिसँगको सहकार्यमा जीवन उपहार प्रदान गर्ने रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
पहिलो योजना अन्तर्गत वार्षिकोत्सवका दिन बुधबार भिसा डोमेस्टिक क्रेडिट/डेबिट कार्ड तथा मास्टरकार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक पाइनेछ, जुन अधिकतम रु ३४ हजार रुपैयाँसम्मको हुनेछ ।
दोस्रो योजना अन्र्तगत आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नुका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुन्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत् मासिक रु ३४ हजार रुपैयाँको किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ ।
मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुनेछ ।
साथै, बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ ।
बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूमा वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छ । यसबाहेक बैंकले गत वर्ष वार्षिकोत्सवकै दिन “बैंकसँगको नाता मेरो आफ्नै बचत खाता” अभियानसहितको कमिक बुक पनि ल्याएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: