
काठमाडौं – नेपाल एसबीआई बैंकले आज (माघ २८ गते)देखि २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र खुल्ला गरेको हो । बैंकले खुल्ला गरेको ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिको ‘१०% नेपाल एसबीआई डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको हो ।
यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । यो ऋणपत्रमा फागुन २ गतेसम्म आवेदन दिने म्याद रहनेछ । यस समयमा सबै नबिकेमा भने फागुन २८ गतेसम्म म्याद रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्