×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से परिसूचक २१.२६ अंकले बढ्यो, २ अर्व ७ करोडमाथिको कारोबार…

PRIME CA
GLOBAL IME BANK

नेप्से परिसूचक २१.२६ अंकले बढ्यो, २ अर्व ७ करोडमाथिको कारोबार…

१९ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार २१.२६ अंकले बढेर १३४६.६४ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७५ कम्पनीको ५३ लाख ४६ हजार ५ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ७ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार सूर्या लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १० करोड ११ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया बैंकको भएको छ ।
यता, आइतबार व्यापार र जिवन बिमा उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै ग्रामिण विकास लघुवित्त र नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गुहेश्वोरी मर्चेन्ट र सिनर्जी पावरका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: