×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार पनि बढ्यो बजार : ५.२४अंकले बढेको नेप्से १४०५.२५ विन्दुमा, कारोबार डेढ अर्वमाथि

LAXMI SUNRISE BANK

बुधबार पनि बढ्यो बजार : ५.२४अंकले बढेको नेप्से १४०५.२५ विन्दुमा, कारोबार डेढ अर्वमाथि

७ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ५.२४ अंकले बढेर १४०५.२५ विन्दुमा आइपुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको ३४ लाख ५५ हजार ६ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ६२ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको कुल १४ करोड ७१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश :  हिमालयन डिस्टिलरी र ग्रामीण विकास लघुवित्तको भएको छ ।
यता, बुधबार बैंकिङ्ग, होटेल्स, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी