×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाले सार्वजनिक गर्याे नयाँ वेबसाइट, अव घरबाटै खाता खोल्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईसी एशियाले सार्वजनिक गर्याे नयाँ वेबसाइट, अव घरबाटै खाता खोल्न सकिने

Artha Sarokar

२४ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंकले ग्राहकमैत्री नयाँ वेबसाइट सार्वजनिक गरेको छ । ग्राहकको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यका साथ डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै उक्त वेबसाइज सञ्चालनमा ल्याएको हो ।
नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ ।
गूगल म्यापलाई समेत संलग्न गरिएकोले उक्त वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ । साथै बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा ब्यवसायीको स्थानको पहिचान समेत गर्न सकिनेछ । साथै, वेबसाईटबाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा साथी च्याटबट वेबसाईटमै उपलब्ध रहेको छ ।
वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचना अलर्ट मार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको छ । साथै, आफुलाई मनपरेका जानकारी र सुचना सामाजिक सञ्जालमा सेयर गर्न सकिने गरी व्यवस्था मिलाईएको बैंकले जनाएको छ । प्रयोगकर्ताको डाटा सुरक्षाको लागीे भने विशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजीटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङ्गको अभ्यासलाई थप टेवा पुग्ने कम्पनीको विश्वास छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी