Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको ‘चमत्कारिक मुद्धती निक्षेप योजना’, उच्च ब्याजदरसँगै २१ लाखसम्मको बीमा सुविधा

अर्थ सरोकार

काठमाडौं – एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितीय सुविधा चमत्कारिक छ ।
सामान्यतया मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैंकको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएर मुद्धती खाताको दायरा नै फराकिलो बनाइदिएको छ ।
यो मुद्धती खातामा ग्राहकहरुले उच्च ब्याजदर सँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्नेछन् । यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकले जीवनमा आईपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउने छन् ।
यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा छ भने १८ घातक रोगहरुको लागि रु १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत उपलब्ध छ ।
यसैगरी, औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना वापत रु. ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ ।
उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु वापत रु. २० हजार सम्मको भरपाई गर्नेछ ।
यदि ग्राहकले २१ लाख रुपैयाँसम्मको बीमा आफैले गर्न परेमा करिब १४ हजार रुपैयाँ बराबरको बीमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकलाई करिब रु. १४ हजारको फाइदा पुग्नेछ ।
यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK