×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टले पायो ३३ लाख ९८ हजार ४६ कित्ता सेयर जारी गर्ने अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टले पायो ३३ लाख ९८ हजार ४६ कित्ता सेयर जारी गर्ने अनुमति

Artha Sarokar

७ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ३३ लाख ९८ हजार ४६ कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बोर्डले कम्पनीलाई प्रति कित्ता १ सय रुपैयाँ दरको ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँको आइपीओ जारी गर्न अनुमति दिएको हो । 
यो आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । सन् २०१२ मा स्थापना भएको कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी