काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको ९५ लाख ७५ हजार २७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइतबारको कारोबारमा चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
चिलिमे हाइड्रोपावरले ९५ लाख १६ हजार २७१ दशमलव ५६ कित्ता बोनस सेयर सूचीकृत गराएको हो । कम्पनीले गत मंसिर ११ गते पारित गरेको २०% बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै, गुँरास लघुवित्त वित्तीय संस्थाकोे ५९ हजार बोनस शेयर पनि सुचिकृत भएको हो । गुराँस लघुवित्तले गत मंसिर १४ गते पारित गरेको ७.६१% बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृत भएसँगै दुबै कम्पनीको सेयर कारोबार सोमबारदेखि गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्