×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तको खुद नाफा ३५.५३% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

PRIME CA

सामुदायिक लघुवित्तको खुद नाफा ३५.५३% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सामुदायिक लघुवित्त वित्तीय संस्थाले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा ३५.५३% ले धेरै हो । गत वर्ष संस्थाले खुद नाफा १ करोड ३४ हजार रुपैयाँ कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी २२.५१%ले बढेर ४ करोड १८ लाख १७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ३ करोड ४१ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा पनि ३०.५८%ले बढेको छ । गत वर्ष १ करोड ५७ लाख ६८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको संस्थाले यस वर्ष बढाएर ५ लाख ९० हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।  
यो दोस्रो त्रैमाससम्ममा संस्थाले ३९ करोड ५७ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २९ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ८ करोड ६२ लाख ५८ हजार रुपैयाँ छ । 
यता, खराब कर्जा ०.८१%ले बढेर २.१७% पुगेको छ । संस्थाले प्रतिसेयर आम्दानी २७ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ २६ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: