Skip to content
LAXMI SUNRISE BANK

नयाँ नेपाल लघुवित्त सारथी लघुवित्तसँग मिसिँदै, नेप्सेमा नयाँ नेपालको कारोबार रोक्का…

अर्थ सरोकार

काठमाडौँ – नयाँ नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नयाँ नेपालले सारथी लघुवित्तसँग मर्जमा जाने सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो । सारथी लघुवित्त भने नेप्सेमा सूचीकृत भएको छैन।
मर्जरपश्चात बन्ने संसथाको नाम सारथी नेपाल लघुवित्त रहने प्रारम्भिक सम्झौता भएको छ । दुई कम्पनी १:१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको र अन्तिम स्वाप भने डिडिए प्रतिवेदन अनुसार हुने स्रोतले जनाएको छ। 
हाल नयाँ नेपालको चुक्ता पुँजी १० करोड छ भने सारथीको चुक्ता पुँजी ८ करोड १० लाख रहेको छ। सारथीले २२ प्रतिशत हकप्रद दिएर मर्जमा जाने भएको हो ।
अब लघुवित्त कम्पनीहरको मर्जर प्रकृया सकिएपछि मात्र नयाँ नेपालको शेयर कारोबार खुल्ने छ। पछिल्लो समय लघुवित्त कम्पनीहरुमा गाभ्ने तथा गाभिने प्रकृया तीब्र देखिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK