काठमाडौँ – सिद्धार्थ बैंकले शुक्रबार कैलालीको धनगढी उप–महानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उक्त कार्यक्रम बैंकिङ कर्जासम्बन्धी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदीबारे जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो।
कार्यक्रममा त्यस क्षेत्रका ५५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने बैंकको उद्देश्यले छ।
बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएमर १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिदैं आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्