×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ‘सनराइज सरल एसएमई कर्जा’ योजना सञ्चालनमा, एक करोडसम्म सहुलियत ब्याजमा ऋण पाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सनराइज बैंकको ‘सनराइज सरल एसएमई कर्जा’ योजना सञ्चालनमा, एक करोडसम्म सहुलियत ब्याजमा ऋण पाइने

Artha Sarokar

११ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सनराइज बैंकले नयाँ कर्जा योजना ‘सनराइज सरल एसएमई कर्जा’ संचालनमा ल्याएको छ । पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सो योजना ल्याइएको हो ।
उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।
यस याेजनाअनुसार ग्राहकले एक करोड रुपैयाँ सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निःशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।
साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्धिका निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३० शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी