×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक र फोनपेबीच सम्झौता, यस्ता छन् सुविधाहरु

PRIME CA
GLOBAL IME BANK

कृषि विकास बैंक र फोनपेबीच सम्झौता, यस्ता छन् सुविधाहरु

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोनपेबीच सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपेका एफ वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । फोनपेका सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ । यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ ।
विद्युतीय माध्यमबाट भुक्तानी गर्दा यस बैंकसँग खाता भएका ग्राहकहरुले क्यास ब्याक(नगद फिर्ता) को सुविधा पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख बासु अधिकारीले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: