
काठमाडौं । बैंक अफ काठमाण्डूले ‘बिओके सफलता मद्दती खाता’ सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको उच्चतम् लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै ‘सफलता मद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मुल नाराका साथ उक्त योजना सार्वजनिक गरेको हो ।
उक्त खातामा ग्राहकले ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा सहित वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधा पाउन सक्नेछन् । उक्त मुद्दती खाता २५ हजार रुपैयाँदेखी नै खोल्न सकिने र ग्राहकहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिन सक्नेछन् ।
साथै, बीमा सुबिधा अन्तर्गत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख रुपैयाँ, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख रुपैयाँ तथा औषधी उपचारको लागि १ लाख रुपैयाँको बीमा सुबिधा अन्तर्गत बहिरंग (ओपीडी) को लागि २० हजार रुपैयाँ तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार रुपैयाँसम्मको बीमा सुबिधा पाइने बैंकले जनाएको छ ।
बैंकले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा सुबिधा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्सलाई भुक्तानी गर्नेछ । हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्