×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको भिसा नगद फिर्ता योजना सार्वजनिक

LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूको भिसा नगद फिर्ता योजना सार्वजनिक

१९ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बैंक अफ काठमाण्डूले ‘बिओके भिसा नगद फिर्ता’ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै उक्त योजना सार्वजनिक गरेको हो ।
कार्डबाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिनाभित्र पीओएस तथा ई-कमर्श कारोबार गर्दा ५ सय रुपैयाँ नगद फिर्ता पाउने छन् । जस अन्तर्गत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा इकमर्श कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउने बैंकले जानकारी गराएको छ ।
उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुसार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ ।
बैंकले हालसम्म ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी